(१) विदेशी सरकार वा कुनै संस्थाबाट माग गर्नु पर्ने विभिन्न किसिम, तह वा स्तरको छात्रवृत्तिको विवरण भरी पठाउन आयोगले समयावधि तोकी नेपाल सरकारको सम्बन्धित मन्त्रालय र निकायबाट प्रत्येक वर्ष माग गर्नेछ ।
(२) उपनियम (१) बमोजिम माग भएपछि सम्बन्धित मन्त्रालय वा निकायले सो मागपत्रमा तोकिएको अवधिभित्र छात्रवृत्ति माग गरी आयोगमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको मागलाई आयोगले राष्ट्रिय योजना अनुकूल चाहिने जनशक्तिको आधारमा विश्लेषण गरी छात्रवृत्तिको विषय स्वीकृत गर्नेछ ।
(४) उपनियम (३) बमोजिम विषय स्वीकृत भए पछि आयोगले स्वीकृत गरिएका छात्रवृत्तिको विषय, अध्ययन वा तालीमको निमित्त उपयुक्त मुलुक, तालीमको स्तर, अवधि र संख्या, उम्मेदवार खुला प्रतियोगिता वा विभागीय प्रतियोगिता कसरी छनौट गर्ने हो सो समेत खुलाई सम्बन्धित मन्त्रालय वा निकायमा पठाउनेछ ।
(५) उपनियम (३) बमोजिम स्वीकृत भएका विषय मध्ये स्वदेशमै अध्ययन वा तालीमका व्यवस्था भए नभएको जा“ची स्वदेशमा अध्ययन वा तालीमको व्यवस्था नभएका वा भए पनि आवश्यक परिमाणमा नभएका विषयको निमित्त मात्र मन्त्रालय वा निकायले विदेशी सरकार वा कुनै संस्थाबाट छात्रवृत्ति उपलब्ध गराउन आवश्यक कारवाही गर्नेछ ।